|

काठमाडौं : सरकारले कोरोना संक्रमितको अन्त्येष्टिको भिडियो बनाएर सार्वजनिक नगर्न सरकारले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको अन्त्येष्टिको भिडियो बनाएर अर्को अर्थ लाग्ने गरी सार्वजनिक नगर्न सञ्चार माध्यमसहित आम नागरिकलाई समेत त्यस्तो आग्रह गरेका हु।

मंगलबार आयोजित नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले भने, ‘मृत्यु हरेक परिवारका लागि संबेदनशिल र पीडादायी समय हो', उनले भनेका छन्, 'यो संवेदनशीलतालाई नबुझी सञ्चारमाध्यामले कोरोना संक्रमितको अन्त्येष्टिको भिडियो खिचेर अर्को अर्थ लाग्ने गरी शीर्षक राखेर समाचार सम्प्रेषण नगर्नू। यसो गरेर मानव संवेदनशीलतामा ठेस नपुर्याउन सबै सञ्चारकर्मी र सर्वसाधरणमा हार्दिक अपिल गर्दछु।’

उनले हरेक ब्यक्तिको गोपनीयताको अधिकारलाई सम्मान गर्न अनुरोध गर्दै सामाजिक सद्भाव नबिगार्न, एक अर्काको भावनाको सम्मान गर्न र मृत्युलाई मिडियाबाजी नगर्न पनि आग्रह गरेका हुन्।

कोरोना संक्रमितको ब्यक्तिको अन्त्येष्टि परिवारका सदस्यहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शव ब्यवस्थापन कार्यविधिमा उल्लेख भएअनुसार सबै सुरक्षाका मापदण्डको पालना गरेर आफ्नो परम्पराअनुसार गर्न सक्ने पनि उनले बताए। तथापि संक्रमितको मृत्यु हुँदा आफ्नै आफन्त, छिमेकी र नातेदारले शव ब्यवस्थापन गर्न नमानेपछि कतिपय शवको अन्त्येष्टि नेपाल सरकारले नै गरिदिएको मन्त्रालयले प्रष्ट पारेको छ।

यसैगरी कार्यविधिले शवको ब्यवस्थापन गर्ने सबै व्यक्तिहरुले संक्रमण रोकथाम, नियन्त्रणको विधिहरु अपनाई परम्परागत चलनचल्तीअनुसार अन्त्येष्टि गर्ने स्थानमा नै अन्त्येष्टि गर्न सकिने कुरा प्रष्ट पारेको छ। तर मृत्यु भएका व्यक्तिका शरीरबाट निस्कने तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट कोरोना भाइरस संक्रमण सर्ने सम्भावना रहने भएकाले अस्पताल, शव परीक्षण गृह, शववाहन, अन्त्येष्टि गर्ने स्थानको विशेष सावधानीपूर्वक डिसइन्फेक्सन गर्नुपर्ने हुन्छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.