६ सय ७८ को रिपोर्ट आउनै बाँकी

|

पर्सा : पर्सामा पछिल्लो २४ घण्टामा १ सय ५३ जना नयाँ संक्रमित थपिएका छन्। जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको पछिल्ला सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पर्सामा मात्र १ सय ५३ नयाँ संक्रमित थपिएका हुन्। प्रदेशको तथ्याँकमा भने १ सय २४ जनामा समेटिएको छ।

मंगलबार थपिएका नयाँ संक्रमितमा १ सय १७ पुरुष र ३६ जना महिला रहेका छन्। पर्सामा पुष्टि भएका कुल संक्रमित संख्या १ हजार ४ सय ७४ पुगेको संकट व्यवस्थापन केन्द्र पर्साले जनाएको छ। विगतमा विभिन्न श्रोतबाट प्राप्त हुने सूचना एकद्वार प्रणाली मार्फत दुई दिनबाट सार्वजनिक गर्न थालिएको हो। 

पछिल्लो सार्वजनिक तथ्यांकअनुसार १ हजार १ सय ६३ पुरुष र ३ सय ११ जना महिला संक्रमित भएको संकट व्यवस्थापन केन्द्र पर्साका अध्यक्ष प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। 

मंगलबार पुष्टि भएका संक्रमितहरु सबैभन्दा बढी वीरगन्ज महानगरपालिकाका १ सय १६ जना रहेका छन्। त्यसै गरी बहुदरमाई नगरपालिकाका २५ जना, पर्सागढी नगरपालिकाका ४ जना र सखुवाप्रसौनी गाउँपालिकाका ८ जना रहेको उनको भनाइ छ।  

पर्सामा एक सय २ स्वास्थ्यकर्मी मै संक्रमित 

पर्सामा पुष्टि भएका कुल संक्रमितमध्ये १९ जना भारतीय नागरिक, १ सय २ जना स्वास्थ्यकर्मी, ७३ जना सुरक्षाकर्मी, ६ जना पत्रकार, ८९ कैदी र थुनुवा, ४० जना अस्पताल सफाइकर्मी, गार्ड र कार्यालय सहायक रहेका संकट व्यवस्थापन केन्द्र पर्साले जनाएको छ। 

संक्रमितमध्ये अहिलेसम्म कोरोना जित्नेको संख्या ३ सय २३ पुगेको जिल्ला संकट व्यवस्थापन केन्द्रको सदस्य संस्था जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। 

डिस्चार्ज हुनेहरुमा २ सय ५६ पुरुष र ६७ जना महिला छन्। मंगलबार पनि विभिन्न उमेर समूहका १० पुरुष र २ जना महिला कोरोना जितेर डिस्चार्ज भएका छन्। 
हटस्पट पर्सामा ५ सय ४९ जना होम आइसोलेसनमा 

पर्साका अस्पतालहरुमा आइसोलेसनमा पोजेटिभ केस भने १ सय १२ पुरुष र २५ महिला गरी कुल १ सय ३७ रहेको जनाइएको छ। 

संक्रमितमध्ये अस्पतालबाहिर होम आइसोलेसनमा ५ सय ४९ जना रहेका छन्। जसमा ३ सय ८४ पुरुष र १ सय ६५ महिला रहेका एकद्वार जिल्ला संयन्त्रबाट सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ। 

पर्साका क्वारेनटाइनमा भने जम्मा १ सय ४७ जना रहेका संयन्त्रले जनाएको छ। क्वारेन्टाइनमा रहेका व्यक्तिमध्ये १ सय १० पुरुष र ३७ महिला रहेका छन्। 

एकद्वार जिल्ला संयन्त्रबाट सार्वजनिक गरिएको तथ्यांक अनुसार मंगलबारसम्म पर्सामा १६ हजार ३ सय ६६ जनाको स्वाब संकलन गरिएको छ। जसमा ६ सय ७८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ। 

संक्रमित बिरामी राख्ने २ सय १० बेड मात्र
संक्रमित राख्न बनाइएको बेड संख्या भने पर्सामा कुल २ सय १० रहेको संकट व्यवस्थापन केन्द्रले जनाएको छ। त्यो बेड संख्या भने नारायणीको अस्थायी कोभिड अस्पताल गण्डकमा संक्रमित संख्या ७० रहेको छ। 

त्यसैगरी अर्को अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा १ सय २० र नारायणी अस्पतालमा २० बेड छन्। सेमी आइसोलेसनका लागि भने ४ सय ९५ बेडको व्यवस्था गरिएको छ। जिल्लाका विभिन्न पालिका अर्थात् जिल्लाभर भने १ हजार २ सय ४५ बेडको क्वारेन्टाइन संख्या रहेको जिल्ला संयन्त्रले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.