एउटै वडामा भेटिएन ६५ जना

|

पर्सा : पर्साको बहुदरमाई नगरपालिकाको एउटै वडाका ६५ जनासहित पर्सामा २४ घण्टा नपुग्दै १०७ जना नयाँ संक्रमित थपिएका छन्। 

नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको पछिल्लो परिक्षण अनुसार पर्साको बहुदरमाई नगरपालिका–५ मा मात्र ६५ जना नयाँ संक्रमित थपिएका छन्। पर्सामा हिजो साँझ ५ बजे सार्वजनिक गरिएको तथ्यांकपछि अहिलेसम्ममा मात्र १ सय ७ जना नयाँ संक्रमित थपिएका हुन्। 

बारा, सप्तरी र दूतावासकासहित ११७ संक्रमित 

नेपाली सेनाको चण्डीनाथ गण बाराका ४ सैनिकसहित बाराका ८, सप्तरीका एक १८ बर्षीय पुरुष र भारतीय महावाणिज्य दूतावास वीरगन्जका एक ४४ वर्षीया महिला पनि नारायणी प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट संक्रमण देखिएको छ।

यो सहित थपिएका संक्रमित भने १ सय १७ जना भइसकेको नारायणी अस्पतालले जनाएको छ। जसमध्ये पर्साका मात्र १ सय ७ जना रहेको नारायणी अस्पतालको कोभिड बिशेष अस्थायी अस्पताल गण्डकका इन्चार्ज डा. निरज कुमार सिंहले बताए।  

थपिएका नयाँ संक्रमितमा सबैभन्दा बढी पर्साको बहुदरमाई नगरपालिकाका ८१ जना छन्। बहुदरमाई नगरपालिकाको वडा नम्बर ५ का ६५, वडा नं. २ का १० जना, वडा नम्बर नखुलाएका ३ जना, वडा नम्बर ३ का २ र वडा नम्बर ६ का एक गरी कुल ८१ जना बहुदरमाईका मात्रै रहेको उनले बताए। 

त्यस्तै वीरगन्ज महानगरपालिकाका भने छपकैया, भिस्वा, घडिअर्वासहित विभिन्न वडाका गरी २६ जना रहेका सिंहले उल्लेख गरे। 

मंगलबार साँझ ५ बजे जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले एकद्वार प्रणालीबाट सार्वजनिक गरेको तथ्यांकपछि नारायणी प्रयोगशालामा भइरहेको निरन्तर परीक्षणमा २४ घण्टा नबित्दै पर्सा, बारा, सप्तरीसहित एक भारतीय नागरिकमा पनि संक्रमण देखिएको छ। प्रदेश २ मा संक्रमित थपिने अवस्था निकै उच्च रहेको नारायणी अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.