|

बस्टन : अमेरिकाका केही प्रतिनिधि संस्थामा बोलिने गैरअंग्रेजी भाषामा नेपाली भाषा मुख्य पाँचमा परेको छ। अनुवाद तथा दोभाषे सेवा दिँदै आएको ल्याङ्ग्वेजलाइन नामक संस्थाले उक्त तथ्यांक सार्वजनिक गरेको हो।
 

मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको उक्त संस्थाको अध्ययन भन्छ, ‘अंग्रेजी र स्प्यानिश यहाँको मुख्य दुई भाषा हुन्। यसबाहेक यहाँ समुद्रको एकाछेउदेखि अर्को छेउसम्म ३५० भन्दा बढी भाषा बोलिन्छन्।’

संस्थाका केही प्रतिनिधि शहरमध्ये कोलोराडोको डेनभरमा अंग्रेजी र स्प्यानिशपछि नेपाली भाषा पाँचौं र विस्कान्सनको म्याडिसनमा चौथो भाषाका रूपमा सूचीकृति छ। संस्थाले भनेको छ, ‘अमेरिका बहुभाषाका लागि पृथक विशेषताको भूमि हो। यहाँ पाँचमध्ये एक व्यक्ति वा ६ करोड ७० लाख मानिस घरमा गैरअंग्रेजी भाषा बोल्छन्।’

संस्थाले गएका १२ महिनामा भएका ४ करोड संवादलाई आधार मान्दै उक्त तथ्यांक निकालेको हो घरमा बोलिने भाषाको तथ्यांकमा दक्षिण एसियाली मुलुकको बंगाली भाषा समावेश छ  दोभाषे सेवा लिने संख्याका आधारमा यो तथ्यांक आएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.