|

बस्टन (अमेरिका) : पत्रकार स्व. बलराम बानियाँको परिवारलाई सहयोगार्थ नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ३ हजार ५ सय ८२ डलर ७३ सेन्ट संकलन गरेको छ। नेजाले चलाएको सहयोग संकलन अभियानमा शुक्रबार साँझसम्म ३९ जनाले सहयोग गरेका छन्‌

नेजाका अनुसार दाताहरूले प्रदान गरेको रकमबाट पेपालले नियमानुसार लाग्ने कमिसन शुल्क कटाएर ३ हजार ५ सय ८२ डलर ७३ सेन्ट नेजाको खातामा जम्मा भएको छ।

उल्लेखित रकमबाट ट्रान्सफर चार्ज ३० डलर कटाएर बाँकी रहेको ३ हजार ५ सय ५३ डलर ७२ सेन्टको विनिमय दरअनुसार हुने नेपाली मुद्रा चार लाख २० हजार २ सय ८८ रुपैयाँ नेपाल पत्रकार महासंघलाइ पठाइएको छ।

पत्रकार महासंघका पदाधिकारीहरूले तनहुँ पुगेर १३ औं दिनमा बानियाँको परिवारलाई यो रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको नेजा अध्यक्ष विकासराज न्यौपानेले जानकारी दिएका छन्‌।​

यस्तै, नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले बानियाँको परिवारलाई आफ्नो आपतकालिन कोषबाट १ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.