|

पर्सा : कोरोना भाइरस संक्रमणको हट स्पट बनेको पर्सामा शुक्रबार मध्याह्नदेखि शनिबार बिहानसम्म संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो साढे १ बजेदेखि शनिबार बिहान सवा ७ बजेसम्म कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको हो। जसमध्ये दुई जना वीरगञ्ज बजार क्षेत्रका र र एक जना बहुदरमाई नगरपालिकाका रहेको नारायणी अस्पतालले जनाएको छ।

मृतकहरु वीरगञ्ज महानगरपालिक–४ बिर्ताका ६१ वर्षीय र वडा नम्बर १० रानीघाटका ४८ वर्षीय र बहुदरमाई नगरपालिका–४ डोकैला बहुवरीका ६१ वर्षीय पुरुष रहेका अस्थायी कोभिड विशेष अस्पतालका गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहले जानकारी दिए। उनीहरुको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो।

४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो साढे एक बजे, ५८ वर्षीय पुरुषका साँझ ८ बजेर ५ मिनेट र ६१ वर्षीय पुरुषको शनिबार बिहान सवा ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनीहरु तीनजना नै डाइबिटिज, मुटुको रोगजस्ता दीर्घरोगबाट पीडित रहेको अस्पतालले जनाएको छ। 

अस्पतालमा भर्ना भएकामध्ये ६ जना बिरामीहरुको अवस्था राम्रो नभएको अस्पतालले जनाएको छ। त्यसमा पनि दुई जना गम्भीर रहेको डा सिंहले बताए। 

पर्सामा मृतकको संख्या २८ पुग्यो 

शनिबार बिहान मृत्यु भएका विर्ताका ५८ वर्षीय पुरुषसहित पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २८ पुगेको छ। कोरोनाको कारण मृत्यु भएका एक जनाको अझै पहिचान खुल्न सकेको छैन।

वीरगञ्जमा नै उपचार गर्न ल्याएका रौतहटका दुई र बाराका पाँच मृतकको संख्या पनि जोड्ने हो भने उपचारका क्रममा वीरगन्जमा मृत्यु हुनेको कुल संख्या ३६ पुगेको छ। ती सबैमा कोरोना पोजेटिभ देखिएको र केहीको मृत्यु पश्चात कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.