|

पर्सा : पर्सा र बाराका थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो पटक गरिरहेको स्वाबको नमुना परीक्षणबाट पर्सामा ३४ र बारामा १९ जना संक्रमित थपिएका हुन्।

थपिएका नयाँ संक्रमितमध्ये सात जना महिला र ४६ जना पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ। संक्रमितहरु दुई वर्षदेखि ७२ वर्ष उमेर समूहका रहेको प्रयोगशाला प्रमुख डा. नीरा पाठकले बताइन्। दुवै जिल्लाका कुल ३०५ जनाको स्वाव परीक्षण गरिएको थियो।

प्रदेश र जिल्लाको मिल्दैन तथ्यांक

पर्सामा नयाँ थपिएका संक्रमितसहित प्रदेश २ को सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार पर्सामा कुल संक्रमितको संख्या दुई हजार नाघेको छ।

आइतबार साँझ सामाजिक विकास मन्त्रालयले पर्सामा मात्र एक हजार ९६७ जना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरिसकेको थियो। सोमबार ३४ जना थपिएपछि संक्रमितको संख्या दुई हजार एक पुगेको हो।

यता जिल्ला प्रशासन कार्यालय पर्साले एकद्वार प्रणालीबाट सार्वजनिक गर्न थालिएको भनिएको तथ्यांकअनुसार भने नयाँ थपिएा संक्रमितसहित जम्मा १ हजार ९४४ मात्र संख्या पुगेको छ।  जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ १ हजार ९१० जना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.