|
फाइल फाेटाे

पर्सा : पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पिसिआर परीक्षणमा ४० जना नयाँ संक्रमित थपिएका छन्। गएका २४ घण्टामा गरिएको पछिल्लो परीक्षणमा ४० जना नयाँ संक्रमित थपिएका हुन् । 

संक्रमित मध्ये २ जना बाराको जीतपुर स्थित नेपाली सेनाको व्यारेकका सुरक्षाकर्मी छन्। ती बाहेक बाहेक सबै ३८ जना पर्साको विभिन्न ठाउँका रहेको नारायणी अस्पतालको सूचना फोकल पर्सन डा अतुलेश कुमार चौरसियाले बताए।

पछिल्ला २४ घण्टामा ३ सय जनाको स्वाव परिक्षण गर्दा पछिल्लो नतिजा आएको उनको भनाइ छ। संक्रमित मध्ये १३ जना महिला र २७ जना पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ । 

दुईजना गम्भीर 

वीरगन्जका दुई अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका बिरामीहरु मध्ये २ जना बिरामीको अवस्था निकै गम्भीर रहेको डा चौरसियाले बताए।

दुवै अस्पतालमा गरी ५ जना महिला र १८ जना पुरुषलाई आइसियुमा राखी उपचार भइरहेको छ। ती संक्रमितमध्ये वीरगन्जको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार गराइरहेका २ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.