कांग्रेसकै नेता भन्छन् : उहाँबाट यो सम्भव छैन

|
फाइल फाेटाे

 काठमाडाैं :  नेपाली कांग्रेसका नेताहरुलाई १४ औँ महाधिवेशन लागिसकेको छ। कोही अन्य दलबाट आएका र पार्टीभित्रैका नेताहरुलाई जिम्मेवारी दिएर आफू बलियो बन्‍न खोजिरहेका छन्

कोही अर्काे गुटका नेतालाई आफ्नो गुटमा तानेर शक्ति आर्जन गर्दैछन्। यस्तोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले त १४ औँ महाधिवेशनमा पनि पुन: सभापतिको उम्मेदवार बन्‍ने तयारीका साथ आफ्ना एजेण्डा प्रस्तुत गर्न भ्याइसकेका छन्।

कांग्रेसमा अभागी नेताका रुपमा चिनिने पौडेल एक पटक पार्टी सभापति बनेरै छाड्ने ध्याउन्‍नमा छन्। अर्कातिर १४ औँ महाधिवेशनबाट फेरि सभापति बन्‍ने योजना वर्तमान सभापति शेरबहादुर देउवाले आवश्यक प्रयत्‍न सुरु गरिसकेका छन्। 

देउवाले सभापतिका लागि तयारी थालिरहँदा वरिष्ठ नेता पौडेलले १० बुँदे एजेन्डा ल्याउँदै आगामी नेतृत्व आफ्नोतर्फ आउने जिकिर गरेका छन्। उनले आफू सभापति बन्‍ने तयारीस्वरुप देश र पार्टी सुधार्ने सूत्र सार्वजनिक गरेका हुन्। 

यस्ता छन् रामचन्द्र पौडेलका १० एजेण्डा 

१४ औँ महाधिवेशनमा सभापतिको मुख्य आकांक्षी रहेका पौडेलले महाधिवेशन केन्द्रित गरेर नै एजेण्डाहरु सार्वजनिक गरेका हुन्। उनले आफूले नारा मात्रै नलगाएको र भन्‍ने कुरा धेरै भनेको गरेको पनि बताएका छन्।

‘मैले नारा मात्र नलगाएको हो। भन्‍ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु । प्रचारको कमी हुन सक्छ,’ उनले भनेका छन्।  

१)  नेपालको वर्तमान संविधान लागु गर्ने 
२) नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने 
३) नेपालको उन्‍नतिको बाटो देखाउने 
४) नेपालमा सुशासन लागू गराउने 
५) नेपालको असंलग्नता र तटस्थतालाई बचाउने
६ं) नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने 
७) कम्युनिस्ट भ्रम र शब्द जालबाट नेपाली जनतालाई मुक्त गराउने  
८) नेपाली जनतामा देशभक्तिको भावना जगाउने  
९) नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने  
१०) नेपाली कांग्रेस विचार शून्य र दिशा विहीन छैन भन्‍ने सावित गराउने 

बुँदा नम्बर ७ मा आपत्ति

पौडेलले आफ्नो एजेण्डाको ७ नम्बरमा कम्युनिष्ट भ्रम र शब्द जालबाट नेपाली जनतालाई मुक्त गराउने भन्‍ने उल्लेख गरेका छन्। पौडेलको यो बुँदाको यही सात नम्बरमा आफ्नै गुटका नेताहरुले पनि असहमति जनाएका छन्।

'कम्युनिष्टको सिद्धान्त पनि नराम्रो भन्ने होइन तर, उनीहरुको शैली निषेधको छ नि त्यस्तै रामचन्द्र दाइले पनि निषेधको शैली अपनाउन हुँदैन। काम गरेर भरोसा दिए आफैं परिवर्तन भइहाल्छ नि मान्छेको साेच।’ कांग्रेसका एक शीर्ष नेताले भने। 

उनले कम्युनिष्टले गरेको भ्रम र शब्द जालबाट नेपाली जनतालाई मुक्त गराउन पौडेलको अहिलेको स्प्रिटले नसक्ने पनि दाबी गरे। ‘जनतालाई त्यस्तो भ्रमबाट मुक्त गर्नका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल एक ठाउँमा आए हुन्‍न? प्रश्न गर्दै उनले भने, ‘कम्युनिष्टलाई नै मनलाग्दी गर भनेर छोड्ने अनि अहिले निषेध गर्न खोजेर पाइन्छ ?’ 

पौडेलले नेपालको संविधान लागू गर्ने आफ्नो मुख्य एजेण्डा पहिलो नम्बरमा उल्लेख गरेका छन्। त्यस्तै नेपाली जनतालाई उन्नतीको बाटोमा हिँडाउने विषय पनि उनले आफ्नो एजेण्डामा प्रस्तुत गरेका छन्।

उनले नेपाली कांग्रेसको जनताको भरोसाको केन्द्र बनाउने अठोट पनि गरेका छन्। पौडेलले नेपाली जनतालाई देशभक्तिको भावना जगाउने कुरा पनि राखेका छन्। नेपाली कांग्रेसको विचार शून्य र दिशाहीन छैन भन्ने सावित गराउने पनि उनले आफ्नो एजेण्डामा समेटेका छन्। 

‘समग्रमा भन्दा उहाँको एजेण्डा नराम्रा भन्‍न चाहिँ मिल्दैन,’ सभापतिका आकांक्षी तर, उनकै गुटका एक नेता भन्छन्, ‘यही एजेण्डा नेतालाई टिमलाई बुझाउन नसकेर रामचन्द्र दाइले कति पटक चुनाव हार्नु भयो, अहिले पनि हेक्का नगरेकाले अरु टिम बन्‍न थालेका हुन्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.