|

काठमाडौं : कोरोना संक्रमणबाट विदेशमा थप पाँच नेपालीको ज्यान गएको छ।    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार  यो साता कोरोनाबाट पाँच नेपालीको ज्यान गएको हो। ज्यान गुमाउनेमा सबै युएईमा रहेका नेपाली हुन्। 

योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या २ सय पुगेको छ।  स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरूमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो।  

समितिका संयोजक डाक्टर संजीव सापकोटाले जापान, अष्ट्रेलिया कतारलगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा बृद्धि भएको बताए। हालसम्म नेपाल बाहेक विदेशमा ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.