काठमाडौं : चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ।
गुरुङको बुधबार बिहान २ बजे महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो।
४२ वर्षीय गुरूङ कलेजो सम्बन्धि बिरामी थिए। गुरुङले चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए।
गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।