|

रौतहट : रौतहटस्थित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत २० जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ। बुधबार आएको रिपोर्ट अनुसार इप्रका चन्द्रनिगाहपुरका २० प्रहरीमा एकै पटक संक्रमण पुष्टि भएको हो। 

चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले प्रहरीसहित स्थानीयबासीमा पनि कोरोना भाइरस संक्रमण देखिएको बताएका छन्। 

प्रहरी र सर्वसाधारणसहित ४१ जनाको स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा २० जना प्रहरी र ८ जना सर्वसाधारणमा कोरोना भाइरसको संक्रमण देखिएको हो। संक्रमित प्रहरीलाई चन्द्रनिगाहपुरस्थित आइसोलेसन र होम आइसोलेसनमा राखिने तयारी गरिएको छ। 

यसअघि इलाका प्रहरी कार्यालय गरुडाका थुनुवालाई समेत कोरोना भाइरस संक्रमण देखिएको थियो। समुदायमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण दर रौतहटमा बढ्दै गएको छ। 

प्रहरी ब्यारेक र कार्यालयमै कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यस कार्यालयमा कार्यरत अन्य प्रहरीहरुको पनि कन्ट्याक ट्रेसिङको आधारमा स्वाब लिइने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.