|

काठमाडौं :  माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्ववियु भाँड्ने प्रयत्न भए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

८ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि नेपाल विद्यार्थी संगठन लगायतका केही विद्यार्थी संगठनहरुले विभिन्न कलेजमा तालाबन्दी गरेपछि अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो।

नेपाल विद्यार्थी संगठनलाई अलोकतान्त्रिक हर्कत नगर्न समेत अखिल क्रान्तिकारीले चेतावनी दिएको छ। फागुन १८ गते नै स्ववियु निर्वाचन गर्नका लागि त्रिवि पदाधिकारीसँग समेत क्रान्तिकारीले माग गरेको छ।

'निर्वाचन पत्र दाखिला गर्ने दिन निर्वाचन प्रक्रिया अवरुद्ध गर्ने मनसायले अनेक बहानामा उपत्यका लगायतका मुलुकका अधिकांश क्याम्पसमा गरिएको तालाबन्दीप्रति हाम्रो गम्भीर आपत्ति गरेको छ,' अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, 'निर्वाचनमा देखिएका सबै व्यवधान तत्काल हटाइ निर्धारित मितिमै स्ववियु निर्वाचन गर्न त्रिवि पदाधिकारीसँग जोडदार माग गर्दछौ।'

अखिल क्रान्तिकारीका प्रवक्ता तथा उपाध्यक्ष सुरेन्द्र बस्नेतले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने आफ्नो संगठनको अडान रहेको बताए। उनले त्यसका लागि सबै संगठन जिम्मेवार हुनुपर्ने बताए।' मितिमै ताला तोडेर प्रशासन लगाएर भएपनि चुनाव गर्नुपर्छ। यदी यो वा त्यो बहाना निर्वाचन रोकियो भने आँधिबेहरी सिर्जना गर्छै।  कार्यतालिकालाई साँघुराएर भएपनि निर्वाचन समयमै गर्नुपर्छ। त्यसका लागि नेविसंघसँग समेत आग्रह गर्छौ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.