|

काठमाडौं : स्ववियु निर्वाचनको मनोनयन दर्ता गर्ने अन्तिम मितिमा ११ वटा क्याम्पसमा अध्यक्ष पदका लागि अखिल क्रान्तिकारीले मात्रै उमेद्‍वारी दर्ता गराएको छ। ' मनोनयन दर्ता गर्ने अन्तिम दिनसम्म ११ वटा क्याम्पसमा हाम्रो मात्रै उमेद्‍वारी दर्ता भयो। त्यसैले क्याम्पस प्रशासनले हाम्रा उमेद्‍वारलाई निर्विरोध घोषणा गरिसकेको छ,' अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्‍नेतले भने।

त्यसैगरी बर्दियाको सानोश्रीस्थित गुराँस बहुमुखी क्याम्पसमा भएको निर्वाचनबाट अध्यक्षमा अखिल क्रान्तिकारी धनसरा ढकाल विजयी भएको बस्नेतले बताए। 'केही क्याम्पसहरुमा विद्यार्थी संगठन र त्रिवि पदाधिकारीको सहमतिअनुसार आजै निर्वाचन भएकोमा गुराँस बहुमुखी क्याम्पसमा हाम्रो उमेद्‍वार विजयी हुनुभयो,' उनले भने।

को कहाँ विजयी ?

  • गुराँस बहुमुखी क्याम्पस, सानोश्री बर्दियामा धनसरा ढकाल विजयी
  • त्रिपुरा क्याम्पस, नाम्दु दोलखामा शालिकराम उप्रेती निर्विरोध
  • जनज्योति क्याम्पस, पुर्कोटदह गुल्मीमा सृजना घिमिरे निर्विरोध
  • बनगाड क्याम्पस, बनगाड सल्यानमा इन्द्रबहादुर बुढाथोकी निर्विरोध
  • फारुला बहुमुखी क्याम्पस, फारुला सल्यानमा रामप्रसाद शर्मा निर्विरोध
  • शिवजन क्याम्पस, सित्तलपाटी सल्यानमा हरिप्रकाश वली निर्विरोध
  • लटिनाथ बहुमुखी क्याम्पस, मार्मा दार्चुलामा नरबहादुर विष्ट निर्विरोध
  • गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वर दार्चुलामा भुवन भण्डारी निर्विरोध
  • सिमृतु शिक्षा क्याम्पस, रुघा रुकुममा जीवन पुन मगर निर्विरोध
  • सानोभेरी शिक्षा क्याम्पस, सिम्ली रुकुममा राम ब. विष्ट निर्विरोध
  • स्यार्पु ब. क्याम्पस, बाफिकोट रुकुममा नवराज के.सी. निर्विरोध
  • सिस्ने शिक्षा क्याम्पस, रुकुमकोट रुकुममा  श्रीकुमार बुढाथोकी निर्विरोध 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.