|

  • नमीन ढकाल

इलाम : फागुन १८ को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन महेन्द्र रत्न बहुमुखी क्याम्पस ( मरब) इलाममा स्थगित भएको छ। क्याम्पस प्रशासनले शनिवार अपराहन्‍न सुचना टाँस गरि निर्वाचन स्थगन भएको जानकारी गराएको हो। यसअघि बिहीबार विद्यार्थी संगठनहरुबीच विवाद भएपछि क्याम्पसमा आगजनी भएको थियो। 

'यस महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको मिति २०७३\११\१८ गते सम्पन्न हुने स्ववियु निर्वाचन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न क्याम्पसमा असहज वातावरण सृजना भएकोले उक्त निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ,' निमित क्याम्पस प्रमुख धनबहादुर न्यौपानेद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ।

पाँच विद्यार्थी संगठनद्धारा क्याम्पस आगजनीको विरोध

यसैविच शुक्रबार अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी केन्द्र)ले क्याम्पसमा तोडफोड र आगजनी गरेको भन्दै ४ विद्यार्थी संगठनले विरोध जनाएका छन्। नेवि संघ, संघीय विद्यार्थी फोरम, संघीय विद्यार्थी युनियन, विप्लव निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका हुन्।

'बिसौ लाखको भौतिक सम्पती नष्ट गर्ने, क्याम्पस प्रशासनलाई खाली लेटरप्याडमा हस्ताक्षर गरेर चिठ्ठी निकाल्ने, संचारकर्मीमाथी र्दुव्यवहार गर्ने, छात्रावासमा प्रवेश गरी विद्यार्थीलाई आक्रमण गर्ने जस्ता अराजक गतिविधी गर्नेलाई तत्काल छानविन गरी दोषि माथी कारबाही गर्न र भयमुक्त वातावरणबाट निर्वाचनको मिती तोकी क्याम्पसमा विशुद्ध गतिविधी अघि बढाइ क्याम्पसको भौतिक सम्पतीको रक्षा गर्न जस्तोसुकै हस्तक्षेप गर्न वाध्य हुनेछौ,' विज्ञप्तिमा भनिएको छ। 

यसैबीच नयाँ शक्ति विद्यार्थी युनियनले पनि शनिबार नै एक विज्ञप्ति जारी गरि क्याम्पसमा भएको तोफोडको भत्सर्ना गरेको छ।

पत्रकारमाथिको दुर्व्यबहारको भत्सर्ना

नेपाल पत्रकार महासंघ इलाम शाखाले एक विज्ञप्ति जारी गरी शुक्रबार भएको पत्रकार दुव्र्यबहारको भत्र्सना गरेको छ । समाचार सङ्कलनको क्रममा शुक्रबार क्याम्पस पुगेकी चियावारी एफएमकी पत्रकार बन्दना राईको क्यामेरा खोसी आन्दोलित विद्यार्थीहरुले तस्विर तथा भिडियो डिलिट गर्नुका साथै अभद्र व्यवहार गरेका थिए।

महासंघकी अध्यक्ष कोकिला ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'नागरिकको प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि क्रियाशील पत्रकारमाथि दुर्व्यवहार हुनु दुखद छ। कुनै पनि पत्रकारमाथी यसरी समाचार संकलन र प्रकाशनमा असर गर्ने गरी भौतिक रुपमा जाइलाग्नु मानवअधिकार र प्रेस स्वतन्त्रता विरोधी कार्य हो आगामी दिनमा यस्ता कार्य बन्द गर्न महासंघ आग्रह गर्दछ,'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.