|

काठमाडौं : गायिका उर्मिला लाम्गादे नयाँ गीत लिएर आएकी छन्। 'लिन आउँछु भन्थ्यौ'भन्ने बोलको गीत बूढासुब्बा डिजिटल मार्फत युट्युवमा सार्वजनिक गरिएको हो। उक्त गीतमा शब्द धरौलीकै र संगीत अर्जुन पोखरेलले दिएका छन्।

लोक आधुनिक शैलीको गीतमा अहिले की चर्चित नायिका पूजा शर्मा र राज कटुवालको अभिनय रहेको छ। गीतलाई कविराज गहत राजले निर्देशन गरेका छन् ।

लोक आधुनिक शैलीको गीतको शब्द र संगीत मन परेर आफुले गीत गाएको गायिका लाम्गादेले बताईन्। दर्शक-श्रोताले पनि मन पराउने यस गीतलाई मन पराउने उनको अपेक्षा रहेको छ।

विभिन्न गीतमा आवाज भरिसकेकी गायिका लाम्गादेले केही समय पहिले रुकुम चौरजहारी भएको घटनामा आधारित जातीय विभेद विरुद्धको चेतनामुलक गीत गाएकी थिइन् ।

गीतमा चर्चित नायिका पूजा शर्माले नृत्य गरेकी छन् । नायिका शर्मालाई राज कटुवालले साथ दिएका छन्। नृत्य निर्देशक कविराज गहत राज रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.