|

डोटी : पूर्वीचौकी गाउँपालिका–१ श्रीमामा जिप दुर्घटना हुँदा १० जना घाइते भएको छन्। 

धनगढीबाट अछामका लागि हिँडेको से १ ज १०६६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो। जिप सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए। 

प्रहरी निरीक्षक बोहराका अनुसार घाइतेहरुको स्थानीय, रेडक्रसकर्मी र प्रहरीले उद्धार गरी जिल्ला अस्पताल डोटीमा ल्याइँदै छ। उक्त जिपमा भारतबाट आएका व्यक्तिहरु रहेको रेडक्रसकर्मी देवबहादुर बोहराले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.