|

बुटवल : हिमालयन शेर्पा क्लब बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। शेर्पाले रोमान्चक खेलको अतिरिक्त समयमा उपाधिको दाबेदार मानिएको रमपम झापा–११ लाई २- १ ले हरायो।

खेलको ३७ औं मिनेटमा चेतन कुमार थापाको गोलमा शुरुवाती अग्रता लिएको शेर्पाले त्यसलाई धेरै समय जोगाउन सकेन। झापाले ४० औं मिनेटमा बराबरी गोल फर्कायो।  उसका लागि सन्जोग राईले हेडमार्फत उत्कृष्ट गरे।

त्यसपछि खेलको अन्तिम समयसम्म दुवैतर्फबाट केही गोलको प्रयास भए तापनि त्यो सफल हुन सकेन। आफ्ना महत्वपूर्ण खेलाडीद्वय कर्ण लिम्बु र विशाल राई बिना नै मैदानमा उत्रिएको झापाले गोलको केही अवसर पाए पनि सदुपयोग गर्न सकेन।

त्यस्तै शेर्पा पनि आफ्ना मह्त्वपूर्ण खेलाडी मान बहादुर तामाङ, विश्वास श्रेष्ठ विना नै उत्रिएको थियो। यी खेलाडीहरु अहिले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन्।  

निर्धारित समय १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको अन्तिमतिर १ सय १० औं मिनेटमा शेर्पाका लागि विदेशी खेलाडी एलेक्सले रोमाञ्चक र निर्णायक गोल गर्दै शेर्पाको जित सुनिश्चित गरे।

निर्णायक गोल गरेका शेर्पाका एलेक्स म्यान अफ दि म्याच घोषित भए। प्रतियोगिता अन्तर्गत आइतबारको खेल आयोजक अग्नि रुपन्देही–११ र धरान फुटबल क्लब, सुनसरीबीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुनले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.