|

अर्घाखाँची : रूखबाट खसेर अर्घाखाँचीको शीतगंगा ९ सिद्धाराकी ७१ वर्षीय हेमकला विकको मृत्यु भएको छ। घर नजिकै खरबारीमा डालेघाँस काट्न चढेकी महिला रूखबाट करिब १५ हात माथिबाट खसेर गम्भीर घाइते भएकी थिइन्।

तर उनको थप उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सिद्दारा  प्रहरीले जनाएको छ। मंगलबार साँझ रूखबाट खसेर घाइते भएकी महिलालाई गाडी नचलेका कारण ढिलो गरी अस्पताल लगिएको थियो।

श्रीमानले छोडेपछि पहिलादेखि दिदीलाई आफूले पाल्दै आएको र मंगलबार साँझ एक्कासि रूखबाट खसेर दिदीको मृत्यु भएको क्वारेन्टाइनमा बसेका मृतकका भाइ लालबहादुर विकले बताए। मृतक महिलाको श्रीमान र छोराछोरी कोही छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.