|

गुल्मी : परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुलुकको धुरी खाँबो भएको बताएका छन्। 

गुल्मीको तम्घासमा कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै  मन्त्री ज्ञवालीले नेकपाको काँधमा मुलुकको जिम्मेवारी भएको बताए। 

नेकपा फुट्छ र मूलकुमा राजनीतिक स्थायित्व हुँदैन भन्नेहरुका दिन अब समाप्त भएको बताउँदै जनमतको कदर गर्दै नेकपा एकताबद्ध भएकाले स्थायित्व र आर्थिक समृद्धि नेकपाबाटै सम्भव भएको मन्त्री ज्ञवालीले दाबी गरे।​

महामारीमा राजनीति नगर्न आग्रह

मन्त्री ज्ञवालीले कोरोना माहामारीको समयमा राजनीति नगरी स्वास्थ्य चेतना जगाउन लाग्नुपर्ने जोड दिए। अहिले कोरोना विश्वमै मानवीय चुनौतीको रुपमा रहेकाले सचेतना फैलाउनुपर्ने समयमा पनि राजनीतीकरण गरेकाले यसो नगर्न उनले आग्रह गरे। यस समयमा सचेतना फैलाउन सबै एकजुट भएर लाग्नुपर्ने र स्वास्थ्यमाथि खेलबाड गर्न नहुनेमा उनले जोड दिए। 

अतिआवश्यक कामबाहेक बाहिर ननिस्कन र मास्क अनिवार्य प्रयोग सँगै नियमित रुपमा साबुनपानीले हात धुनसमेत उनले आग्रह गरे। 

गुल्मीको तम्घासमा कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै  मन्त्री ज्ञवाली

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.