४ घर उच्च जोखिममा

|

सोलुखुम्बु : वर्षा सहितको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ नाजिङमा १ घर बगाएको छ भने ४ घर उच्च जोखिममा परेका छन्। बिहीबार बिहान गएको पहिरोले स्थानीय जित कुविर राईको ढुंगा माटोले बनेको २ तले घर पुरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार पहिरोले घर बगाउँदा घरभित्र भएका सम्पूर्ण धनमालसहित एउटा सुँगुरसमेत पुरिएको छ। ५ जनाको परिवार बस्दै आएको घरमा बिहान पहिरो जाँदा भागेर ज्यान बचाउन सफल भएको पीडितको भनाइ छ। 

सोही पहिरोका कारण स्थानीय जसवीर राई, हर्कजित राई, भिमकुविर राई र राम कुमार राईको घरसमेत उच्च जोखिममा परेको स्थानीय प्रमिसन कुलुङले जानकारी दिए। उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ। 

यसैबीच,  खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ खरिखोलाको जौँ बारी टोलका पहिरोपीडीत र विपन्न परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ। वडा नम्बर १ का अध्यक्ष ङिमा दोर्जी शेर्पाको पहलमा पासाङ ल्हामु फाउन्डेसनले नगद सहयोग गरेको स्थानीय पासाङ काजी शेर्पाले जानकारी दिए। जौँबारीका ७ घर पहिरोपीडित र अन्य १३ परिवालाई जनही ४ हजार ६ सय ४० रुपैयाँका दरले राहत वितरण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.