|

सोलुखुम्बु : महाकुलुङ गाउँपालिका–३ मा भालुको आक्रमणबाट एकजनाको मृत्यु र चारजना घाइते भएका छन्। जंगलमा मालिङ्गो काट्न गएका स्थानीयलाई बिहीबार अपराह्न ४ बजे भालुले आक्रमण गरी घाइते बनाएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार घाइते भएकालाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी छैस्काम लैजाँदै गर्दा एक जनाको बाटोमै मृत्यु गएको हो। मृत्यु हुनेमा महाकुलुङ–३ छेस्कामका ३६ वर्षीय प्रेम कुलुङ रहेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए। यस्तै, घाइतेहरुमा प्रेमका भाइ २२ वर्षीय चतुर कुलुङ, महाकुलुङ–४ का १९ वर्षीय प्रेम कुलुङ, २५ वर्षीय सुजन कुलुङ र १९ वर्षीय सन्तबहादुर कुलुङ रहेका छन्।

उनीहरुको अहिले स्वास्थ्य चौकी छेस्काममा उपचार हुन नसकेपछि थप उपचारका लागि बुङ स्वास्थ्य केन्द्र ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए। घाइतेमध्ये दुईजनाको अवस्था सामान्य छ। मृतकको शव पोष्टमाटमको लागि सोताङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदै गरेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.