|

डोटी : सम विकास केन्द्र (ईडिसी) नेपालले पुर्वीचौकी गाउँपालिका र केआईसिंह गाउँपालिकाका एकल महिला, अपांगता भएका र सीमान्तकृत परिवारलाई फिल्टर सहयोग गरेको छ।

पूर्विचौकी गाउँपालिका-३ गैरागाउँ र वडा नं. ४ सानागाउँ र केआईसिंह गाउँपालिका वडा नं. ४  दुर्गामाण्डौं, वडा नं.  ६ र ७  भूमीराजमौंका पाँच सय परिवारलाई खानेपानीको  फिल्टर सहयोग गरिएको छ।

सबै नागरिकलाई शुद्ध खानेपानीमा पहुँच पुर्‍याउने उद्धेश्यका साथप्रति घरधुरी एक–एक वटा फिल्टर सहयोग गरिएको हो । समुदायमा पानी उमालेर, सोडिस गरेर वा अन्य उपायद्धारा शुद्धीकरण गरि खाने बानीको विकास नभई सकेको अवस्थामा फिल्टर प्रदान गरिएको सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले  बताए।

कोभिड–१९ बाट प्रभावित परिवारका लागि डिसिए नेपालको आर्थिक सहयोगमा सम विकास केन्द्र (ईडिसि) डोटीद्वारा संचालित साकार परियोजनाअन्तर्गत समुदायस्तरमा मानवीय सहायता/कोभिड–१९ वास प्रतिकार्यको लागि साकार परियोजनामार्फत फिल्टर वितरण गरिएको कार्यक्रम  संयोजक रमेश भूलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.