|

काठमाडौं : गायक पशुपति शर्माको स्वरमा रहेको दशैँ तिहार गीत सार्वजनिक भएको छ। 

बिहीबार सार्वजनिक गरिएको ‘आउने कि नआउने दाइ’ बोलको गीतमा शर्मासँगै सरिता कार्की र बालगायिका आयुषा केसीको स्वर छ।जीवन प्याकुरेलको शब्द तथा लय समेटिएको गीतमा विनोद पराजुलीले संगीत संयोजन गरेका छन्। गोरखा चौतारी म्युजिकले उत्पादन तथा वितरणको जिम्मा लिएको गीत बसन्त पोखरेल (विवश) र सुनिल पोखरेलको निर्माणमा सहयोगमा बनेको हो।

परदेशमा रहेको दाजु र गाउँघरमा रहेकी दुई बहिनीबीचको बिछोडको मर्मलाई गीतले बोकेको छ। गीतमा परदेशीको पीडासँगै कोरोना भाइरसका कारणले परेको समस्याको पक्षलाई पनि देखाउन खोजिएको छ।

स्मृति तिमिल्सिनाको निर्देशनमा बनेको भिडियोमा सुनिल लामिछाने, करिश्मा ढकाल, आयुषा गौतम, हिरण्य पोखरेल, बसन्त पोखरेल र कुलबहादुर ओलीको अभिनय छ । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई शिव पौडेलको सम्पादन गरेका हुन्। भिडियो पोस्ट प्रोडक्सनको काम उमङ्ग फिल्म्सले गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.