|

जनकपुरधाम : लामो समयदेखि रेलको प्रतिक्षामा थिए– जनकपुरबासी। त्यो प्रतीक्षाको समय आज सकिएको छ। दुई रेल सेट जनकपुर स्टेसन आइपुगेपछि जनकपुरबासीमा खुसीको सीमा रहेन। 

रेल हेर्न हजारौं मानिस बिहानैदेखि स्टेसन क्षेत्रमा उर्लिएका थिए। उनीहरु रेल देखेर जोड जोडले कराउँदै थिए। जनकपुरका विजय मेस्तर भन्छन्– दसैंअघि रेल चल्छ भनेको विश्वास थिएन। तर आज आफ्नै आँखाले रेल हेरेपछि खुसी लागेको छ।’

रेल हेर्न यति धेरै मानिस आएका थिए कि भीड व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो। रेल आइरहेको बेला नजिक गएर फोटो खिच्नेमाथि प्रहरीले लाठी चार्ज गर्न बाध्य भएको थियो। रेलसँग अनेक एक्सनमा सेल्फी लिनेहरुको तछाडमछाड नै देखिएको थियो। ​


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.