|

बुटवल : प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट प्रदेशका ६ स्थानीय तहलाई शव वाहन खरिदका लागि १५ लाख रुपैयाँका दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठान नगरपालिका, सन्धिखर्क नगरपालिका, गुलरिया नगरपालिका, रोल्पा नगरपालिका, सिस्ने गाउँपालिका, रामग्राम नगरपालिकालाई उक्त रकम दिर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले जिल्लास्तरीय ६ वटा अस्पतालहरूलाई ५० शैय्‍यामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ। रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा रहेका छन्। तीमध्ये भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।

नेपाल स्वास्थ्य सेवाअन्तर्गत ११औँ तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय भएको छ।

असोज ३ गते (भोलि) संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिस स्वीकृत गर्ने,  पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्नेछ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने,  प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरिएको हो।

मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले गुल्मीको रेसुंगा नगरपालिका र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने निर्णय भएको पनि बताए।

त्यस्तै, त्रिवेणी गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकारसमक्ष पठाउन स्वीकृति प्रदान गर्ने पनि निर्णय भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.