|

काठमाडौं : संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ को अवसरमा दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा  फहराइएको छ।  
दुबईस्थित एडनक भवनमा नेपालको राष्ट्रिय झण्डा फहराएकोको हो। 

 बुर्ज खलिफामा नेपाली समय अनुसार रातिको ९ बजेर ४५ मिनेटमा नेपाली झण्डा फहराइएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली राजदूतावासको अनुरोधमा गत वर्ष झैं यस वर्ष पनि नेपालको झण्डा निःशुल्क फहराएको नेपालका लागि युएईका राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए। उनले नि:शुल्क झण्डा फहराउन दिएकोमा युएई सरकारलाई धन्यवाद पनि दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.