|

उदयपुर : उदयपुरको विभिन्न ठाउँमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्‌।

त्रियुगा नगरपालिका ४ बगाहा फर्सेट खोलाबाट दुई जना र चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजारबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ। त्रियुगा नगरपालिका १२ बस्ने वर्ष ३० का सुमन कुमर र सोही वडा बस्ने वर्ष १५ का राजुराम भगत रहेका छन्।

सशस्त्र प्रहरी बल नं. ५ गण त्रियुगा उदयपुरबाट गस्ती गएको समयमा बा.७५ प २२१६ नम्बरको मोटर साइकल शंका लागि आवश्यक चेक जाँच गर्दा लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक प्रमुख सुधीर सुवेदीले जानकारी दिए। 

पक्राउ परेकाहरूबाट लागूऔषध फेरागन २ एम्पुल, नुरफिन २ एम्पुल, डाइजिल्याब २ एम्पुल, नाइट्रोजिपाम ६७ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेको दुवैलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय उदयपुृरमा बुझाएको सुवेदीले बताए। 

यस्तै,  चौदण्डीगढी नगरपालिका ३ बस्ने १७ वर्षिय सचिन राई पनि लागूऔषधसहित शनिबारे बजारमा पक्राउ परेको प्रहरीले जनाएको छ। उनको साथबाट नाम नखुलेको लागूऔषध ३ एम्पुल र इन्ट्राभेट १३ ट्याब्लेट सहित पक्राउ परेको छ। उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.