|

बर्दिबास : कोरोना महामारीलाई नियन्त्रण गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा नेपालकै पहिलो मास्क बैंक स्थापना गरिएको छ। आइतबार बर्दिबासमा शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको चौतारी नेपालले चौतारी जापानसँगको समन्वयमा सो मास्क बैंक स्थापना गरेको हो।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलद्वारा उक्त मास्क बैंक उद्घाटन गरिएको छ। समारोहमा मन्त्री पोखरेलले कोरोना भाइरस महामारीको अवस्थामा स्थापना गरिएको मास्क बैंकले कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्ने बताए।

उनले पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत कोरोनालाई लिएर यो केही हैन भन्ने गलत सूचना तथा धारणा सम्प्रेषण गर्ने क्रम बढेको बताउँदै यस्ता हल्लाको पछाडि कोही लाग्न नहुने बताए। 

हाल लकडाउन खुलेको भए पनि कोरोनाको जोखिम कायमै रहेको र संक्रमण झनै फैलन सक्ने भन्दै यस्तो अवस्थामा सबै जना थप सजग र सुरक्षित हुनुपर्नेमा मन्त्री पोखरेलले जोड दिए। 

उद्घाटनको अवसरमा संस्थाले २० जना स्वास्थ्यकर्मी तथा पत्रकारलाई सेनिटाइजर, ग्लब्स, एन ९५ मास्क, सर्जिकल मास्क, हेड कभर, फेस सिल्ड तथा सुज कभरलगायत एक एक थान स्वाथ्य सामग्री वितरण गरेको छ भने ५० जना सुरक्षाकर्मीलाई सर्जिकल मास्कसमेत वितरण गरेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.