काठमाडौं : अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ७० लाख ८ सय ९६ पुगेको हो। पछिल्लो पटक २ सय ९१ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ लाख ५ हजार १ सय १५ पुगेको छ। भारतमा गत २४ घण्टामा ८७ हजार ३ सय ८२ जना संक्रमित थपिएका छन्। १ हजार १ सय ३५६ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या ८७ हजार ३ सय ८२ पुगेको छ।
मेक्सिकोमा ४ सय ५५, ब्राजिलमा ३ सय ३०, कोलम्बियामा १ सय ६९, रसियामा ७९ जनाको मृत्यु भएको छ। ब्राजिलमा १६ हजार, कोलम्बियामा ६ हजार ६ सय, रसियामा ६ हजार, मेक्सिकोमा ५ हजार संक्रमित थपिएका छन्।
हालसम्म विश्वभर ३ करोड १२ लाख १९ हजार कोरोना संक्रमितमध्ये ९ लाख ६४ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ। २ करोड २८ लाख १ हजार मानिस संक्रमणमुक्त भइसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।