|

काठमाडौं : चैत ११ गतेको लकडाउनसँगै रोकिएको आन्तरिक उडान सोमबारबाट सुरु भएको छ। आन्तरिक उडान सुरु भएकै दिन यात्रुको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा देखिएको छ।

सम्पूर्ण स्वास्थ्य सुरक्षासहित आन्तरिक विमान कम्पनीहरुले यात्रु ओसार्न थालेका हुन्। दशैँ तिहार जस्ता ठूला चाड नजिकिएसँगै जहाजबाट मानिसहरुले काठमाडौं छाड्न थालेका हुन्। 

सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगमले पहाडसहित तराईका जिल्लामा पनि उडान थालेको छ। त्यस्तै यति र बुद्धसहितका एयरलाइन्सले पनि धमाधम यात्रु ओसार्न थालेका छन्। 

सरकारले पुरै सिटमा यात्रु राखी स्वास्थ्य मापदण्ड अपनाएर पुनः उडानको लागि अनुमति दिएको थियो। नियमित उडान सुरु भएपछि पौने ८ बजे भोजपुरको लागि नेपाल वायुसेवा निगमको जहाजले १६ जना यात्रु लिएर गएको थियो। 

निजीतर्फको उडानमा बुद्ध एयरले ५६ जना यात्रु लिएर पोखरा गएको हो। दिनभर को विभिन्‍न निजी कम्पनीसहित ५३ वटा जहाजले अनुमति पाएका छन्। यात्रु डेढ घण्टा अगाडि विमानस्थल पुगि सक्नुपर्छ। 

यात्रुले माक्स प्रयोग गर्नुपर्ने, बोर्डिङ पास लिएपछि सामाजिक दूरी कायम गर्नुपर्नेछ। स्वस्थ्य रहेको फर्म भर्नुपर्ने छ।  विमानस्थल भित्र रहेको स्यानिटाइजर प्रयोग गर्नु भएको छ। ज्वरो,खोकी र कोरोनाका लक्षण देखिएमा विमानस्थल प्रवेश रोक लगाउने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.