|

रुकुम : रुकुम पश्चिमको मुसिकोटमामा जिल्लामै पहिलो पटक ट्राउट माछापालन व्यवसाय सुरु गरिएको छ। मुसिकोट नगरपालिका वडा नम्बर-६ को भण्डारीकाँडामा रुकुमेली कृषि फार्ममार्फत सामूहिक माछापालन सञ्चालन गरेका हुन्। 

ट्राउट माछाका लागि रुकुमको हावापानी उपयुक्त भएको भन्दै ठूलो लगानीमा सुरु गरिएको माछापालन व्यवसायले राम्रो उत्पादन दिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्र कुमार विष्टले बताए।

उनका अनुसार ट्राउट माछाको अण्डा र भुरा बिक्रीबाटै लगानी अनुसारको राम्रो आम्दानी गर्न सकिने सम्भावना बढेको छ। हिमाली क्षेत्र र चिसोपानीमा मात्र व्यवसाय गर्न सकिने ट्राउट माछाबाट स्वदेशमै मनग्य आम्दानी गर्न सकिने भन्दै युवा व्यवसायीले यसको सुरुवात गरेको बताएका छन्।

ट्राउट माछापालनमा व्यवसायीको ३० लाख र पशु अस्पताल तथा पशुसेवा कार्यालयको २६ लाख अनुदान गरी जम्मा ५६ लाख रुपैयाँ लगानी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.