|

गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्न भारत उत्तर प्रदेशका एक व्यक्तिले श्रीमतीको पेट चिरेका छन्। छोरी जन्माउन लागेको आशंकामा धारिलो हतियारले श्रीमतीको पेट चिर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

उत्तर प्रदेशको बुँदायु जिल्लामा शनिबार भएको उक्त घटनाका कारण गर्भे शिशु खेर गएको र महिलाको स्थिति गम्भीर रहेको बताइएको छ। महिलाको राजधानी दिल्लीको एक अस्पतालमा उपचार भइरहेको छ। अगावै पाँच छोरी जन्माइसकेका ती दम्पती छैटौं सन्तानको प्रतिक्षामा थिए।

लैंगिक विभेद अन्त्यका लागि संघर्षरत भारतका कतिपय ग्रामीण बेलाबखत घट्ने यस्ता अमानवीय घटनाले भयावह स्थिति कायमै रहेको दर्साउँछ। छोरीलाई बोझका रुपमा लिने मानसिकताका कारण कतिपय दम्पतीले छोरा नजन्मुञ्जेल सन्तान जन्माइरहन्छन्।

भारतमा गर्भपतनलाई कानुनी मान्यता दिइएको भए पनि लिङ्गको आधारमा गर्भपात गर्न पाइँदैन। जन्मअगावै शिशुको लिङ्गबारे जानकारी लिन पनि बन्देज लगाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.