|

बागलुङ : गण्डकी प्रदेशमा मंगलबार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको तीन फरक विज्ञप्तिअनुसार प्रदेशका पाँच जिल्लामा नयाँ संक्रमित भेटिएका हुन्।

बागलुङको बरेङमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। कास्कीको पोखरा महानगरपालिकाका ८ जना संक्रमण पुष्टि भएको छ।

पर्वतको कुश्मा नगरपालिकाका ३ जना, तनहुँको ऋषिङका ४ जना र शुक्लागण्डकीका २ जना, लमजुङको बेसीसहरका ५ जना र मर्स्याङ्दीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ३ हजार ५ सय ३ पुगेको छ। संक्रमितमध्ये अधिकांश कन्ट्याक ट्रेसिङका छन् भने केही विदेशबाट आएर क्वारेन्टाइनमा बसेका हुन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.