|

काठमाडौं : लमजुङका अन्सुल लोहनीले मनिष बचाऊ अभियान चलाएर २० लाखभन्दा बढी रकम उठाएका छन्। उक्त रकम मनिषको उपचारको लागि हस्तान्तरण गरेका छन्। 

बिरामीको आर्थिक अवस्था कमजोर भएकाले देशविदेशबाट उपचारको लागि उनले सहयोग रकम उठाई सो रकम विरामीलाई हस्तान्तरण गरेको हो। 

लमजुङ जिल्लाको बेंसीशहर नगरपालिका वडा-१ सानो घिमिरे घर भएका मनिष लोहनी गत वैशाख १८ गते गाउँ नजिकै रहेको भिरमा काफल टिप्न जाने क्रममा करिब ५० मिटर तल खोलामा खस्दा टाउकोमा गम्भीर चोट, करङ भाँचिएको थियो।

मनिषको उपचारका लागि २० लाख भन्दा बढी रकम चाहिने भयो,’उनले भने,‘बिरामीको आर्थिक अवस्था पनि कमजोर छ। त्यसैले मनिष बचाउ अभियान चलाएको थिए। २० लाख भन्दा बढी देशविदेशबाट सहयोग जुटेपछि सबै रकम विरामीलाई दिइसकेको छु। सबै सहयोगी दाताहरूलाई धन्यबाद दिन चाहान्छु।’ 

लमजुङको सामुदायिक अस्पतालमा उपचार गर्न नसक्ने भएपछि उनलाई रिफर गरेर चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो।

अन्सुलका अनुसार विरामीको स्वास्थ्यमा सुधार आएपछि मंगलबार अस्पतालबाट  डिस्चार्ज भएका छन्। अहिले अन्सुलले विभिन्‍न अभियान चलाएर खाना नपाएका व्यक्तिहरुलाई पनि खाद्यन्न वितरण गर्दै आएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.