|

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा फेरि १ हजार ३ सय ५६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार यही समयमा देशभरबाट ८ सय २३ संक्रमित कोरोनामुक्त भएका छन्। 

पछिल्ला १५ दिनयता लगभग उस्तै दरमा संक्रमित थपिरहेका छन्। चार दिनअघि भने २४ घण्टाभित्रै २ हजार २० संक्रमित थपिएका थिए। मंगलबार (आज) देशभर क्वारेन्टाइनमा ७ हजार १ सय ७१ जना बसिरहेका छन्। 

आजको पिसिआर ११ हजार १ सय ५४ रहेको र आज संस्थागत आइसोलेसन ९ हजार १ सय ९३ छन्। आजसम्म ७२ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.