|

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले अन्तरविद्यालय लिग फुटबल प्रतियोगिता खेल्न नाम दर्ताका लागि विद्यालयलाई आह्वान गरेको छ। एन्फाले आज सूचना जारी गर्दै आगामी मंसिर दोस्रो साताबाट संचालन गर्ने तयारी गरिएको प्रतियोगिता खेल्न इच्छुक उपत्यकाका काठमडौं, भक्तपुर र ललितपुर लगायत काभ्रे जिल्लामा रहेको विद्यालयलाई नाम दर्ता गर्न आह्वान गरेको हो।

युवा फुटबल खेलको विकास र विस्तार गर्न यसै वर्षदेखि एन्फाले १५ वर्ष उमेर समूहका विद्यार्थीहरुको सहभागितामा अन्तरविद्यालय लिग सञ्चालन गर्न लागेको हो। छनोट भएका खेलाडीलाई उमेर समूहको राष्ट्रिय टिमसम्म प्रशिक्षणमा सहभागी गराउने उद्देश्यले लिग सञ्चालन गर्न लागेको एन्फाले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउन काठमाडौं उपत्यका र काभ्रेका इच्छुक विद्यालयले १५ दिनभित्र एन्फा सचिवालयमा आवेदन दिनुपर्नेछ। एन्फाले यसका लागि केही मापदण्डसमेत तोकेको छ।

जसअनुसार विद्यालयको आफ्नै खेल मैदान हुनुपर्नेछ। मैदानको चौडाइ कम्तीमा ३५ देखि ५० र लम्बाइ कम्तीमा ६० देखि १ सय फिट हुनुपर्ने बताइएको छ। यस्तैगरी २३ देखि ३० जनासम्मका खेलाडी सम्मिलित १५ वर्षमुनिको आफ्नै टिम हुनुपर्ने, न्यूनतम एएफसी सी लाइसेन्स कोचिङ कोर्स पूरा गरेका प्रशिक्षक, विद्यालयको मैदानमा घरेलु प्रतियोगिताका खेलहरु सञ्चालन गर्ने सम्भाव्यता हुनुपर्ने एन्फाले निर्धारण गरेको मापदण्डमा उल्लेख छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.