पाँचखालमा ६९ जनामा कोरोना, सैनिक मात्रै ६२ जना

|

काभ्रे : जिल्लामा एकैदिन ७९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ५ चार ४९ जना पुगेको छ। जिल्लामा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हुन्। 

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले पाँचखाल नगरपालिकामा ६९ पुरुष र ६ महिला गरी ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। त्यस्तै काभ्रेका प्रमुख डा. झाको अनुसार बनेपा नगरपालिकाका २ जना पुरुष र धुलिखेल नगरपालिकाका १ जना पुरुष र १ जना महिला गरी ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्लामा रहेका ५ सय ४९ जना कोरोना संक्रमितमध्ये ३ सय ४० जना उपचारपछि निको भइ घर फर्किसकेका छन् भने सक्रिय संक्रमित २ सय ३ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

त्यस्तै हाल २५ महिला र १ सय १५ जना गरी १ सय ४० जना कोरोना संक्रमित जिल्लाका विभिन्न अस्पतालको आइसोलेसनमा रहेका छन्। त्यस्तै २९ महिला र ३४ पूरुष गरी ६३ जना होम आइसोलेसनमा रहेका छन्। जिल्ला बाहिर रहेको अस्पताल आइसोलेसनमा १६ पुरुष ४ महिला र होम आइसोलेसनमा ४ महिला र २ पुरुष गरी २६ जना रहेका छन्। 

पाँचखालमा ६९ जनामा कोरोना, सैनिक मात्रै ६२ जना

जिल्लाको पाँचखाल नगरपालिकामा ६९ पुरुष र ६ महिला गरी ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लाको पाँचखाल, धलिखेल र बनेपामा कोरोना संक्रमितको उच्च जोखिममा रहेको छ। 

जसमा पाँचखाल नपास्थित् रहेको विरेन्द्र सैनिक तालिम केन्द्रमा कार्यरत ६२ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी दिए। ​संक्रमितरुलाई जिल्लाका विभिन्न अस्पताल तथा नगरले बनाएको आइसोलेसनमा राखेर उपचार गरिरहेका छन्। 

हालसम्म ९ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट काभ्रेमा हालसम्म ९ जनाको मृत्यु भएको छ। जसमा ४ पुरुष र ५ पहिला रहेका छन्। तीमध्ये २ पुरुष र १ महिला अन्य जिल्लाको रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

काभ्रेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा कोरोना संक्रमितबाट पहिलो पटक सिन्धुपञ्चोककी एक सुत्केरी महिलाको मृत्यु भएको थियो। हालसम्म देशभर ४ सय २९ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।

खानीखोला जिल्लाको एक मात्र कोरोनाशून्य गाउँपालिका 

काभ्रेको विकट क्षेत्र खानीखोला गाउँपालिकामा कोरोना संक्रमणको संख्या शुन्य छ। खुशीको कुरा हालसम्म खानीखोला गापा कोरोना संक्रमित भेदिएको छैन। 
जिल्लाको १३ वटा स्थानीय तहमध्ये खानीखोला कोरोना संक्रमित देखा नपरेको एक मात्र गाउँपालिकासमेत हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.