समर्थक र प्रहरीबीच ठेलाठेल, समर्थनमा नाराबाजी

|
फाइल फोटो

काठमाडौं : नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट बाहिरिएका छन्। उनले त्यहाँबाट स्वेच्छिक डिस्चार्ज लिएपछि महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

जुम्लाबाट नेपालगञ्‍ज हुँदै काठमाडौं ल्याइएका केसीलाई विमानस्थलमा उत्रिनेबित्तिकै प्रहरीले ट्रमा सेन्टरबाट भर्ना गरेको थियो। तर उनले त्यहाँ आफू बस्दै नबस्ने जनाउँदै शिक्षण अस्पताल लगिदिन दबाब दिएका थिए।

दिउँसो ट्रमा सेन्टर पुर्‍याएका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन्। त्रिवि शिक्षण अस्पताल जान खोजे पनि प्रहरीले जवरजस्ती ट्रमा सेन्टर पुर्‍याएपछि उनी आक्रोशित भएका थिए।

उनले ट्रमा सेन्टरबाट शिक्षण अस्पताल जान चाहेका थिए। उनलाई इच्छाअनुसार चिकित्सकहरुले शिक्षणमा जान दिएका हुन्। ट्रमा सेन्टरको इमर्जेन्सी कक्ष बाहिर प्रहरी खटाइएको थियो। त्यसबेला डा.केसीका समर्थकहरूले प्रहरीविरुद्ध नाराबाजी गरेर ठेलाठेल पनि गरेका थिए।

केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि आज नै त्यहाँ सारिएको हो । केसीका समर्थकहरूले ‘वि आर विथ जिकेसी’, ‘डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.