|

कञ्चनपुर : बेलडाँडी गाउँपालिका–४ बैवाहाका भारतीयले नियन्त्रणमा लिएका चार जनालाई आज परिवारको जिम्मा लगाइएको छ। 

भारतीय एसएसबीको समन्वयमा सशस्त्र प्रहरीले भारतको टाटरगन्ज पुर्‍याइएका वर्ष २६ का वीरेन्द्र खत्री, वर्ष २५ का भोजराज रोकाया, बर्ष ३२ का मानबहादुर सुनार र वर्ष ४० का पदम सुनारको उद्धार गरी परिवार जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहाुदर ऐरले बताए। 

सीमा स्तम्भ नम्बर ७८५÷२ र ७८६ को बीचमा रहेको खोलामा माछा मार्नका लागि गएका चारै जनालाई सोमबार साँझ भारतीयहरुले नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा लिइएकासँग जनही भारतीय पक्षले २० हजार फिरौती रकम मागेको खबर निजका परिवारबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) बेलडाँडीमा खबर गरेपछि सशस्त्र प्रहरीले चारै जनाको खोजतलासका लागि भारतीय सीमा सुरक्षा बल एसएसबीसँग समन्वय गरेको थियो । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.