|

काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ५ हजार ५ सय संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये भारतमा सबैभन्दा धेरै रहेका छन्। त्यहाँ १ हजार भन्दा धेरै संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ९० हजार नाघेको छ। 

यस्तै हिजो अमेरिकामा  ९३७ संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या २ लाख नाघेको छ। अमेरिकामा हालसम्म २ लाख ५ हजार ४ सय ३९ कोरोना संक्रमितको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन्। 

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेमा सवैभन्दा धेरै अमेरिकाका रहेका छन् । यस्तै ब्राजिलमा १ लाख ३८ हजार संक्रमितको मृत्यु भएको छ। विश्वभर हालसम्म ९ लाख ७४ हजार संक्रमितले ज्यान गुमाएका छन्। ३ करोड १७ लाख ६१ हजारमा संक्रमण पुष्टि भएकोमा ४३ लाख ४३ हजार मानिस संक्रमण मुक्त भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.