|

विराटनगर :  कोरोना संक्रमणका कारण विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ पुरुषको मृत्यु भएको छ।

झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजेर ५० बजे मृत्यु भएको हो।

विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो।

उनी ५ असोजमा विराट मेडिकल कलेजमा भर्ना भएका थिए। उनको अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.