|

काठमाडौं :  सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक भएको छ। 

सुरज गैह्रे ‘विवस’को शब्द रहेको गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्टको स्वर रहेको छ। राजेन्द्र स्वयंको संगीत रहेको गीतले माया गर्ने जोडीहरूमा उत्पन्न हुने शंकाको विषयमा चर्चा गर्न खोजिएको छ। 

गीतको म्युजिक भिडियोमा नायक तथा मोडल पल शाह, नायिका वर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ। म्युजिक भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन्। 

सञ्चारकर्मी बरालका यसअघि ‘हरेक रात सपनीमा’, ‘लभ पर्न सक्छ’ लगायतका गीत चर्चामा रहेका छन्।  गीतले सार्वजनिक भएको छोटो समयमै लोकप्रियता कमाएको छ। मंगलबार सार्वजनिक भएको गीत बुधबार ३ लाख ८० हजार भ्यूजसहित युटुब ट्रेन्डिङको २५ औं नम्बरमा आइपुगेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.