|

एजेन्सी :  टाइम्स म्यागेजिनको सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना पर्न सफल भएका छन् । यो वर्ष २०२० को १०० प्रभावशाली व्यक्तिका रुपमा उनी पर्न सफल भएका हुन्। यो वर्ष टाइम म्यागेजिनमा पर्ने उनी एक मात्रै अभिनेता हुन्।

उनले यो खबरबारे आफ्नो इन्स्टाग्राममा पुष्टि गरेका हुन्। 'टाइमको विश्‍वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएकोमा गर्व महसुस भइरहेको छ,' उनले भनेका छन्। 

खुराना प्रभावशाली व्यक्तिमा सूचीकृत भएपछि नायिका दीपिका पादुकोणले खुशी व्यक्त गरेकी छिन्। 'मैले खुरानालाई उनको पहिलो फिल्म विक्की डोनरबाट चिनेकी हुँ। उनी त्यसअघि पनि अलग अलग तरिकाले बलिउडको हिस्सा बनेका छन्। उनले निभाएका चरित्र सुन्दर यादगार रहेका छन्', उनले लेखेकी छिन्। 

अधिकांश पुरुष कलाकार तागतवाला भूमिकामा फसिरहँदा खुरानाले यस्ता भूमिकालाई तोड्दै कयौं चुनौतीले भरिएका चरित्र निभाएका छन्। जहाँ उनी सफल पनि रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.