|

बर्दिया : कोरोना संक्रमणका कारण बर्दियामा एक जना वडाध्यक्षको ज्यान गएको छ। बारबर्दिया नगरपालिका ३ का ३९ वर्षीय वडाध्यक्ष सूर्यबहादुर थारूको बुधबार मृत्यु भएको हो। 

कोरोना संक्रमण देखिएपछि वडाध्यक्ष थारू भदौ २९ गतेदेखि भेरी अस्पताल नेपालगन्जमा उपचारारत थिए। उनको आइसियु कक्षमा उपचार भइरहेको थियो। उनको दुवै फोक्सोमा निमोनिया थियो। 

उपचारकै क्रममा बुधबार दिउँसो उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। कोरोना महामारी फैलिएयता वडाध्यक्ष थारू पालिकामा कोरोना सचतनाका लागि नगरमा खटिएका थिए। 

मंगलबार साँझ मात्रै बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का एक पुरुषको कोरोनाकै कारण ज्यान गएको थियो। यसअघि बर्दियाको मधुवनका एक युवकले पनि कोरोनाकै कारण ज्यान गुमाएका थिए। योसँगै बर्दियाका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।  

यस्तै बर्दियामा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित संख्या ६ सय १६ पुगेको जनाइएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.