|

रुपन्देही : बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 

मृत्यु हुनेमा पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष रहेका छन्। दुवैलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका स्रोत व्यक्ति डा सुदर्शन थापाका अनुसार गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिम रामग्राम नगरपालिका-३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो। उनी कलेजो र मिर्गौलाका दीर्घरोगी थिए।

त्यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको आजै बिहान ७ बजे मृत्यु भएको छ। उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेका डा थापाले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.