|

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण विद्युत् आपूर्तिमा गडबडी भएको बताएका छन्। 

विद्युत् आपूर्तिमा भएको गडबडीबारे ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तसँग मन्त्रालय भएको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।  

‘मौसममा खराबी आउँदा विद्युत् आपूर्तिमा पनि समस्या देखिएको छ’, उनले भने, ‘मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जान्छ।’ 
कोइरालाले प्राधिकरणका कर्मचारीले रात दिन नभनी समस्या हटाउँदै विद्युत सुचारु गरिरहेको दाबी गरेका छन्। 

‘ललितपुरको खोकना र काठमाडौंको ग्राण्डी अस्पताल क्षेत्रमा हाम्रा कर्मचारीले रातभरि काम गरेर अवरुद्ध विद्युत सुचारु गराए’, कोइरालाले भने, ‘तौलिहवामा विद्युत सुचारु गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित हाम्रा चार कर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले बगाउनेसम्मको दुःखद घटना भयो।’ 

मन्त्री पुनसँगको बैठकमा प्राधिकरणका वितरण निर्देशनालय प्रमुख हरराज न्यौपाने र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरीले लगातारको वर्षा, बाढी पहिरो, चट्याङ, रुख ढल्ने जस्ता  कारणले प्रणालीमा समस्या आएको बताए। 

न्यौपाने र चौधरीले पनि वर्षा कम भएसँगै समस्या समाधान हुँदै जाने जानकारी मन्त्रीलाई दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.