|

एजेन्सी : अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल)को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आवद्ध भई भारतको मुम्बईमा रहेका बेला उनको बिहीबार निधन भएको हो। 

आकस्मिक रुपमा हृदयाघात भएर उनको ५९ वर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्।

'डिन मेर्भिन जोन्सको निधन भएको जानकारी गराउनु पर्दा हामीलाई अत्यन्त दुःख लागेको छ',  स्टार इन्डियाद्वारा जारी वक्तव्यमा लेखिएको छ,'यो दुःखद् घडीमा हामी उहाँका परिवारजन, शुभेच्छुक र समर्थकहरूको साथमा छौँ । उहाँको हृदयघातका कारण आकस्मिक निधन भएको हो।'

उनको अन्त्येष्टिको व्यवस्थापनका लागि आफूहरु अष्ट्रेलियाली उच्च आयोगको सम्पर्कमा रहिरहेको पनि स्टार इन्डियाले जनाएको छ।

क्रिकेट खेलसम्बन्धी विभिन्‍न भूमिकामा रहेर लामो समय काम गर्नु भएका जोन्सलाई दक्षिण एसियामा क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान गरेको व्यक्तिका रुपमा चिनिन्छन्। 

उनले क्षमतावान युवा क्रिकेटरहरुलाई प्रोत्साहन र सहयोग गर्ने गर्थे। उनका दशौँ लाखौँ समर्थकहरु थिए। उनी सन् १९८० देखि १९९० सम्ममा अष्ट्रेलियामा अत्यन्त आक्रामक रुपमा खेल क्षेत्रमा लोकप्रिय थिए।

चर्चित ब्याट्सम्यान डिनले खेल जीवनपछि लामो समय विभिन्न देशमा प्रशिक्षक र कमेन्टेटरका रुपमा क्रिकेट क्षेत्रमा योगदान पुर्‍याएका थिए।

डिन अफगानिस्तान क्रिकेट टिमको अन्तरिम प्रशिक्षक भएका थिए। पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडको मुख्य प्रशिक्षक समेत भइसकेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.