|

काठमाडौं : कञ्‍‍चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरणका आयोजना निर्देशकलाई ११ लाख घुससहित पक्राउ परेका छन्। 

आयोजनाका कायम मुकायम आयोजना निर्देशक प्रचण्डदेव विष्टलाई ११ रुपैयाँ लाखसहित काठमाडौं सुन्धारास्थित एक होटलबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्। 

होटेल इसन प्रालिबाट उनलाई प्रहरीले बिहीबार पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिरासतमा लिइ छानबिन थालेको अधिकारीले बताए।

बरामद रकम उनले घुसबापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको हो। विष्टले बरामद रकमको स्रोत खुलाउन नसकेका अधिकारीले बताए। उनले आयोजनाका ठेकदारहरुसँग त्यो रकम लिएको दाबी अख्तियारले गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.