|

डडेल्धुरा : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) किंग्स इलावेन पञ्जाबले मा रोयल च्यालेन्जर्स बैंग्लोरलाई २ सय ७ रनको विशाल लक्ष्य दिएको छ। टस हाररेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको हो

उसका लागि कप्तान केएल राहुलले शानदार ब्याटिङ गरे। उनले ६९ बलमा १४ चौका र ७ छक्कासहित अविजित १३२ रन बनाए। आरसीबीका कप्तान विराट कोहलीले २ क्याच छुटाउँदा राहुलले शानदार पारी खेल्न पाए।

त्यस्तै मयंक अग्रवालले २६, निकोलश पुरनले १७ र करुन नायरले अविजित १५ रनको योगदान दिए। ब्लिङमा आरसिबी टिमका शिवम् दुबेले २ र युजवेन्द्र चहलले एक विकेट लिए।

२ सय ७ रनको विशाल लक्ष्य पछ्याएको बैंग्लाेरले खराब सुरुवात गरेको छ। खेलको पहिलो ओभरमै उसका लागि देवीदत्त पाडिकल दुई बलमा मात्र १ रन बनाएर पेभिलियन फर्केका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.